सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानून निर्माण « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानून निर्माण


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभा दिवसको अवसरमा प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहेका दाजुभाई तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेशसभा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “नेपालको संविधान २०७२ जारी भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लागू भए पश्चात् २०७४ सालमा ७ गते पहिलो सुदूरपश्चिम प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहदा सुदूरपश्चिम प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु ।”

‘सुदूरपश्चिम प्रदेशसभा दिवस २०७९’का अवसरमा आज प्रदेशसभा सचिवालय धनगढीमा आयोजित कार्यक्रममा बोल्ने अधिकांशले पछिल्लो पाँच वर्षमा प्रदेशसभाले अपेक्षाअनुसार धेरै काम गर्न नसकेपछि यो व्यवस्थाको विकल्प नरहेकोमा जोड दिए ।

पाँच वर्षअघि आर्थत् विसं २०७४ माघ ७ गते पहिलो पटक प्रदेशसभामा निर्वाचित सदस्यको सपथ ग्रहण गराइएकाले सोही दिनलाई प्रदेशसभा दिवसका रुपमा मनाउने गरिएको छ ।

आजको कार्यक्रममा सभामुख भीमबहादुर भण्डारीले सङ्घीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा क्रियाशील हुने बताए। निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई प्राप्त अधिकारलाई जनताको हितमा लगाउनमा कमीकमजोरी हुन नहुने बताए ।

पाँच वर्षमा ६७ कानून निर्माण

सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानून निर्माण भएका छन् । प्रदेशसभाको पहिलो कार्याकालमा कानून निर्माण बाहेक कतिपय कानून संशोधन पनि भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भइसकेको छ ।

प्रदेशसभाले पहिलो कार्यकालको अन्तिम समयमा लामो समयदेखि विचाराधीन प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत विधेयक पारित गरेको थियो । साझा अधिकारका विषयअन्तर्गत सङ्घमा कानून बन्नमा ढिलाइ भएपछि प्रदेश तहमा विचाराधीन रहेका यी विधायक कार्यकालको अन्तिम समयमा परित गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ९ : १२ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको