‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई « Khabarhub

‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्याङ्जाको वालिङमा आज सम्पन्न प्रथम वालिङ गोल्डकप २०७९ को उपाधि वालिङ युनाइटेड निलोले जितेको छ । फाइनलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ४(३ ले पराजित गर्दै वालिङ युनाइटेड निलोले उपाधि जितेको हो ।

वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा गत पुस ३० देखि वालिङ ८ स्थित खेलमैदानमा सुरु राष्ट्रियस्तरको प्रतियोगिता सुरु भएको थियो । फाइनल खेलमा ९० मिनेटको निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल ट्राइब्रेकर पुगेको थियो ।

उपाधि विजेता वालिङ युनाइटेडले रू पाँच लाख नगद र ट्रफी हात पारेको छ । उपविजेता एभिनियर फुटबल क्लब क्यामरुनले रू दुई लाख ५० हजार नगद र ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताए ।

वालिङ निलोका गोलरक्षक राजाबाबु थापा फाइनल खेलको उत्कृष्ट खेलाडी र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित भए । सर्वाधिक गोलकर्ता एभिनियरका टिम्बा टिम्बा, उत्कृष्ट डिफेन्डरमा वालिङ निलोका आशीष गुरुङ, उत्कृष्ट मिडफिल्डरमा वालिङ निलोकै कमल थापा, उत्कृष्ट फरवार्डमा वालिङ निलोकै टिकाराज गुरुङ, उत्कृष्ट नवप्रतिभा खेलाडीमा वालिङ रातोका रुपेश हमाल, उत्कृष्ट प्रशिक्षकमा वालिङ निलोका दिलीप थापा र सर्वोत्कृष्ट खेलाडीका रुपमा वालिङ निलोका विश्वास श्रेष्ठ पुरस्कृत भएका छन् ।

अनुशासित टिमको उपाधि लिस्नु फुटबल क्लब रुपन्देहीले प्राप्त गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुन, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, लिस्नु फुटबल क्लब रुपन्देही, साहारा क्लब पोखरा र आयोजक वालिङ युनाईटेड निलो र रातो गरी कूल आठ टीमको सहभागिता थियो ।

प्रतियोगिताका विजयी टोली र विधागत बिजेता खेलाडीलाई वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाणले पुरस्कार प्रदान गरेका थिए । वालिङमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गरेर सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै उनले आगामी वर्ष पनि निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ०७ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग