सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी « Khabarhub

सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : उर्जा सङ्कटका कारण यातायात क्षेत्रमा पनि प्रभाव परेपछि सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी देखिएको छ ।

श्रीलङ्काले गत वर्ष रबरजन्य पदार्थ निर्यात गरी तीन खर्ब २७ अर्ब श्रीलङ्काली रूपैयाँ ९९० करोड अमेरिकी डलर० आम्दानी गरेको रबर विकास विभागले शनिबार जनाएको छ ।

विभागका महानिर्देशक मदवा कुलसूर्याले सन् २०२१ को राजस्वभन्दा यो केही कमी भएको बताउनु भएको छ । दक्षिण एसियाली मुलुकले सन् २०२५ सम्ममा रबरका उत्पादनबाट हुने आम्दानीलाई बढाएर तीन अर्ब डलर पु¥याउने लक्ष्य राखेको उनले बताए । श्रीलङ्काको तयारी रबरका लागि प्रमुख बजार संयुक्त राज्य अमेरिका, जर्मनी र जापान हुन् भने पाकिस्तान, जर्मनी र जापानले श्रीलङ्काबाट रबरका लागि कच्चा पदार्थ लिने गर्छन् ।

श्रीलङ्का विश्वमा अग्रणी प्राकृतिक रबर निर्यातकर्ताहरूमध्ये एक हो र सन् २०२१ मा रबर निर्यातबाट हुने आम्दानीको लगभग ७० प्रतिशत टायरबाट आएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ५६ बजे

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार