बैतडीमा राष्ट्रपति रनिङ शिल्ड : फागुन १२ देखि १४ गतेसम्म « Khabarhub

बैतडीमा राष्ट्रपति रनिङ शिल्ड : फागुन १२ देखि १४ गतेसम्म


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन १२ गतेदेखि १४ गतेसम्म  श्रीकृष्ण माविको खेलमैदानमा हुने भएको छ ।  खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले प्रतियोगिताको मिति तय भएको जानकारी दिए।  

यसअघि मेलौलीमा हुने भनिएको प्रतियोगिता सबैको पायक पर्ने क्षेत्र पाटन रहेकाले पाटनमै प्रतियोगिता सञ्चालन गर्ने निर्णयमा भएको जनाएको छ ।  हाल जिल्लाका विभिन्न स्थानीय तहहरूमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा छन् ।  पालिकास्तरबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए ।

स्थानीय तहहरूमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सलगातयका खेल खेलाइनेछन् ।  विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।  

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : ५१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या