प्रधानन्यायाधीश नियुक्ति चाँडो टुङ्ग्याउन बार एसोसिएसनको माग « Khabarhub

प्रधानन्यायाधीश नियुक्ति चाँडो टुङ्ग्याउन बार एसोसिएसनको माग


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए ।

सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताए । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ ।

विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश छन् । भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १ : १३ बजे

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा

चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले चक्रपथ पुननिर्माणलाई

एमालेका विशेष महाधिवेशन पक्षधरहरूलाई च्यासल बोलाइयो

काठमाडौं– भदौको जेन-जी आन्दोलनकै समयदेखि हट्नुपर्ने दबाब खेपिरहेका नेकपा एमालेका

राष्ट्रियसभाबाट प्राप्त तीन विधेयक प्रतिनिधिसभामा टेबुल

काठमाडौं– प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त विभिन्न तीन विधेयकहरू टेबुल गरिएको

मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित

जलेश्वर– जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा