बङ्गलादेशको राजदूतावासद्वारा कला कार्यशाला आयोजना « Khabarhub

बङ्गलादेशको राजदूतावासद्वारा कला कार्यशाला आयोजना


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालस्थित बङ्गलादेशको राजदूतावासले कला कार्यशाला आयोजना गरेको छ ।

दूतावासमा आज आयोजित कार्यशालाको उद्घाटनमा बङ्गलादेशी राजदूत सलाहुद्दिन नोमन चौधरीले आफ्नो देशको इतिहास बारेमा अवगत गराउँदै यो दिवसको उद्येश्य सबै भाषाहरूको संरक्षणलाई महत्व दिनु रहेको बताए । ‘भाषा र संस्कृतिको माया’ मुख्य उद्देश्यसहितको कार्यशालामा उनले यो विषय राष्ट्रियतासँग जोडिएको उल्लेख गरे ।

यो दिवस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्कोद्वारा सन् १९९९ मा बङ्गालीहरूले बङ्गलालाई आफ्नो राज्य भाषाका रूपमा स्थापित गर्न गरेको बलिदानको मान्यतामा चयन गरिएको थियो । विश्वका धेरै भाषाहरू अहिले लोप हुने खतरामा रहेको उल्लेख गर्दै राजदूत चौधरीले संरक्षणका लागि सबै सजग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, पूर्वप्राज्ञ सुष्मा राजभण्डारी लगायतले देशका लागि भाषिक र सांस्कृतिक कार्यक्रमको महत्व हुने उल्लेख गर्दै नेपाल–बङ्गलादेशबीचको सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गरेका थिए । दूतावासको मुख्य आयोजना र आर्टबुमको सहकार्यमा सञ्चालित एकदिने कार्यशालामा करिब ४० कलाकारले विभिन्न चित्र बनाएका थिए । सो अवसरमा नेपाल–बङ्गलादेशबीचको सम्बन्ध जोड्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो । (((

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ३१ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी