उत्कृष्ट पथप्रदर्शक पुरस्कृत « Khabarhub

उत्कृष्ट पथप्रदर्शक पुरस्कृत


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले काठमाडौँ उपत्यकालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्य स्थल बनाउन माग गरेका छन् ।

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ३४औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवसमा बोल्दै उनले सांस्कृतिक सहरलाई राज्यले सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने बताएका हुन् । पर्यटनबाट आउने प्रतिफल सर्वसाधारण जनतासम्म पुर्‍याउन भक्तपुर नगरपालिकाले यसमा संलग्न पर्यटनकर्मीलाई रोजगारीको अवसर सृजना गरिरहेको उनले बताए ।

भक्तपुरका उत्कृष्ट पथप्रदर्शकहरू माधव कपाली, राजकुमार आचार्य, विष्णुप्रसाद सुवाल र रत्नकृष्ण प्रजापतिलाई उनले सो अवसरमा पुरस्कार प्रदान गरे । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकले पर्यटकहरूलाई सत्य तथ्य सूचना प्रवाह गरी नगरको प्रवर्द्धनमा टेवा पुर्‍याउन प्रेरित गर्नुपर्ने बताए ।

स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर नगरमा कार्यरत स्थानीय पथप्रदर्शकको परिपालना, शिष्टता, नियमित योगदान, पहिरन, दक्षता, लगनशीलता आदि विषयमा मूल्याङ्कन गरी उत्कृष्ट पथप्रदर्शकलाई पुरस्कृत गर्ने निर्णय गरेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ५४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि