किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय बैठक सम्पन्न « Khabarhub

किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय बैठक सम्पन्न


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । चुम्लुङको बैठक यही फागुन ७ र ८ गते भरतपुरमा भएको थियो ।

चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न बैठकले पवित्रस्थल पाथीभरको पुरानो नाम मुक्कुम्लुङ राख्न माग गरेको छ ।

प्रदेश नं १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न, निर्माण भएको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गर्नुपर्ने, नेपाली भाषा सरह मातृभाषामा अध्ययन अध्यापनका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री आदि स्रोतसाधनको व्यवस्था गर्न, शिक्षा नियमावली परिमार्जन गरी लिम्बू÷याक्थुङ आदिवासीका लागि पाठ्यक्रम पाठ्यपुस्तकमा एकरूपता ल्याउनसमेत बैठकले माग गरेको चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिए ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधिको सहभागिता रहेको चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेको छ । चितवनमा आठ सयदेखि एक हजार बीचमा सो समुदायका जातिको बसोबास रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ५३ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी