पोखरामा डुबेर बालकको मृत्यु « Khabarhub

पोखरामा डुबेर बालकको मृत्यु


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरपालिका—५ पर्स्याङस्थित खुँडेपोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

पर्वत घर भई हाल पोखरा–५ धारापानीमार्गमा बस्दै आएका सुनिता केसीका चार वर्षीय छोरा सुहान केसी सोमबार साँझ ६ बजेदेखि हराइरहेकामा खोजी गर्ने क्रममा खटिएको प्रहरी टोलीले आज अपराह्न पोखरीमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘रेस्क्यु’ टोलीले बालक पोखरीमा डुबेको आशङ्कामा खोजी गरेको थियो । घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेपछि हिजोदेखि नै खोजी सुरु गरिएको खड्काले बताए ।

बालकको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बालक खेल्ने क्रममा पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : ०३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड