पातारासीमा ३६ किलोमिटर सडक निर्माण | Khabarhub Khabarhub

पातारासीमा ३६ किलोमिटर सडक निर्माण


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ । गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो ।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव २०७८/७९ मा दुई हजार चार सय ५० मिटर सडक ग्राभेल गरिएको थियो । यस्तै सो अवधिमा नौ किलोमिटर ग्रामीण सडक निर्माण, १४ किलोमिटर गोरेटो बाटो तथा पाँच किलोमिटर सडक ढलान गरिएको थियो ।

सो अवधिमा ग्रामीण सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न भएका छन् । यस्तै २४ गोरेटो बाटो निर्माण भएका गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । आव २०७७/७८ मा सातै वडामा दुई सय नौ योजना सम्पन्न भएका छन् ।  ती योजनामा नौ करोड १८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : १५ बजे

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको

माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन  

काठमाडौं– माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी

आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी कुट्ने कसैलाई नछोड्नू

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट

महाशिवरात्रिका लागि सिँगारिदै पशुपति परिसर (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारीसँगै