जनतालाई सरल र सहज रूपमा सेवा प्रवाह गर्नुपर्छ : पूर्वमन्त्री भुसाल « Khabarhub

जनतालाई सरल र सहज रूपमा सेवा प्रवाह गर्नुपर्छ : पूर्वमन्त्री भुसाल


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश नं १ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिइन् ।

उपाध्यक्ष भुसालले विगतको सरकारले सङ्घीय निजामती ऐन सङ्घीयताको मर्म विपरीत ल्याउन लागेको बताउँदै संसद्द्वारा राज्य व्यवस्था समितिमा पठाइएको मस्यौदामाथि व्यापक छलफल भई मतदानद्वारा पास भएकामा ऐन आउन नसक्दा दुःख व्यक्त गरिन्। उनले भनिन्, ‘अहिले सङ्घीय निजामती सेवा ऐन आउनुपर्छ र त्यसमा कर्मचारीहरूको हकहित एवं सामूहिक सौदाबाजी गर्ने ट्रेड युनियनका अधिकार समावेश हुनुपर्छ ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐन स्वीकार गर्न आग्रह गर्दै यसबाट कर्मचारीतन्त्रमा देखिएका समस्या आधा समाधान हुने विश्वास व्यक्त गरे । उनले सबै कुरा ऐनमा एकै पटक नआए पनि यसलाई क्रमशः सुधार गर्दै लैजान सकिने बताए ।

मन्त्री मोदीले कर्मचारीभित्र देखिएका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सम्पूर्ण निजामती कर्मचारीको अभिभावक भएको आधारमा न्यायपूर्ण ढङ्गले कर्मचारीहरूको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजामती सेवाका २५ जना अधिकृत तहबाट बढुवा भएका उपसचिवलाई स्थानीय तहमा सरुवा गरिएको जानकारी दिए ।

सङ्गठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले, सङ्गठनका केन्द्रीय उपाध्यक्ष अम्बादत्त भट्ट, केन्द्रीय सचिव लोकेन्द्र चौलागाईं, प्रदेश अध्यक्ष नरमाया भट्टराईलगायतले अधिकृत र सुब्बा तहमा तलबमा रहेको विभेद हटाउनुपर्ने सुझाव दिएका थिए ।
सोही अवसरमा पूर्वमन्त्री भुसालले सङ्गठनद्वारा प्रकाशित ‘लाली किरण’ पुस्तकको विमोचन गरेकी थिइन् । प्रदेश सम्मेलनमा १४ जिल्लाका सङ्गठन आबद्ध कर्मचारीहरूको सहभागिता रहेको छ । सम्मेलनले आज नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : १८ बजे

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध