भारतमा उपचाररत कांग्रेस सांसद भण्डारीको स्वास्थ्य सुधारोन्मुख, दोहोरो संवाद गर्न थाले « Khabarhub

भारतमा उपचाररत कांग्रेस सांसद भण्डारीको स्वास्थ्य सुधारोन्मुख, दोहोरो संवाद गर्न थाले


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि भारतमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मंगलबारदेखि दोहोरो संवाद गर्न थालेका छन् ।

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उपचारार्थ उनलाई कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा भर्ना गरिएको थियो । बिहीबार थप उपचारका लागि उनलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।
उनका अनुसार नेता भण्डारीलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको बताइएको छ ।

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘ फागुन–९ बिहान १०।१५ बजेको अपडेट अनुसार दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद भएको छ । साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । कल्चर रिपोर्ट आज आउदै छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको अनुहार घटेको छ । स्वास्थ्य सामान्यतर्फ गईरहेको छ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ६ : ४२ बजे

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको