भारतमा उपचाररत कांग्रेस सांसद भण्डारीको स्वास्थ्य सुधारोन्मुख, दोहोरो संवाद गर्न थाले « Khabarhub

भारतमा उपचाररत कांग्रेस सांसद भण्डारीको स्वास्थ्य सुधारोन्मुख, दोहोरो संवाद गर्न थाले


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि भारतमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मंगलबारदेखि दोहोरो संवाद गर्न थालेका छन् ।

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उपचारार्थ उनलाई कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा भर्ना गरिएको थियो । बिहीबार थप उपचारका लागि उनलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।
उनका अनुसार नेता भण्डारीलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको बताइएको छ ।

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘ फागुन–९ बिहान १०।१५ बजेको अपडेट अनुसार दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद भएको छ । साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । कल्चर रिपोर्ट आज आउदै छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको अनुहार घटेको छ । स्वास्थ्य सामान्यतर्फ गईरहेको छ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ६ : ४२ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी