लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुन १२ गतेबाट सुरु हुने « Khabarhub

लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुन १२ गतेबाट सुरु हुने


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले आठौं महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी दिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताए । उनले कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले बताए ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : १४ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६