हरेक दिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी « Khabarhub

हरेक दिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक दिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी हुने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार टाट पल्टेको अफगानिस्तानको अर्थतन्त्रलाई अझ खराब हुन नदिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी हुने गरेको हो ।

पाकिस्तानको मुद्रा सटही कम्पनी संघका महासचिव मुहम्मद जफार पराचाले बताएअनुसार व्यापारी र तस्करहरुले दैनिक ५० लाख डलर सीमा कटाउने गरेका छन् । यो रकम अफगानिस्तानको केन्द्रिय बैंकले बजारमा प्रवाह गर्ने कुल रकमभन्दा धेरै हुने जनाइएको छ ।

अफगानिस्तानको केन्द्रिय बैंकले साताको १ करोड ७० लाख डलर बजारमा प्रवाह गर्दै आएको छ ।

सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानले पश्चिमा मुलुकले लगाएको नाकाबन्दीको सामना गरिरहेको छ ।

पाकिस्तानबाट तस्करी हुने ठूलो परिमाणको विदेशी रकमबाट तालिबानले नाकाबन्दीको हल निकालेको विश्लेषण गरिएको छ ।

अफगानिस्तानतर्फ ठूलो परिमाणमा विदेशी मुद्रा तस्करी हुँदा यसले पाकिस्तानको सञ्चितीमा समेत असर परेको विश्लेषण गरिएको छ ।

‘कुनै शंकाबिना मुद्रा तस्करी भइरहेको छ । यो अहिले धेरै नाफामूलक व्यवसाय बन्न पुगेको छ ।’ महासचिव पराचाले भने ।

यसबाट अफगान पाक सीमा क्षेत्रमा कालोबजारी समेत मौलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ५८ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट