ठाकुरलाई राष्ट्रपति बनाउन लोसपा नेताहरूको दौडदुप « Khabarhub

ठाकुरलाई राष्ट्रपति बनाउन लोसपा नेताहरूको दौडदुप


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)का शिर्ष नेताहरु बालकोट पुगेका छन्।

ठाकुरसहित गएका लोसपाका नेताहरुले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको साझा ब्यक्तित्व ठाकुर हुने भन्दै प्रस्ताव गरेका थिए, सोही प्रस्ताव लिएर साँभ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका हुन् ।

‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनु भएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने, ‘राजनीतिक दलहरुसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनु भएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफुलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनु भयो र हामी निस्कयौं ।’

उनका अनुसार ओलीसँग साँझ भेटे पछि भोली बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट तय भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ५७ बजे

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको