शुद्ध खानेपानीको व्यवस्थापकीय कार्यमा सरकार अगाडि बढ्दै « Khabarhub

शुद्ध खानेपानीको व्यवस्थापकीय कार्यमा सरकार अगाडि बढ्दै


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खानले शुद्ध खानेपानी व्यवस्थापन गराउन वर्तमान सरकार अगाडि बढिरहेको बताएका छन् । विदुर खानेपानी योजना निरीक्षणका क्रममा रसुवाको बेत्रावती पुगेका मन्त्री खानले सन् २०३० भित्र सबै नेपालीलाई खानेपानीको व्यवस्थापन गर्ने सरकारको नीति अनुरूप हिमाली जिल्ला रसुवाका गाउँगाउँमा खानेपानीको व्यवस्थापकीय कार्यका लागि आफू निरन्तर अगाडि बढ्ने बताए ।

धार्मिक र ऐतिहासिक क्षेत्रका स्थानमा खानेपानीको आवश्यकतासम्बन्धी राखिएको जिज्ञासामा मन्त्री खानले अन्तर्राष्ट्रिय नाका रसुवागढी, गोसाइँकुण्ड मार्गका अत्यावश्यक स्थान, पर्यटकीय क्षेत्र लाङटाङ मार्ग तथा उत्तरगया क्षेत्रमा अध्ययन गराई व्यवस्थापनको कार्यमा अगाडि बढ्ने जानकारी दिए ।

‘एक घर एक धारा’ को अवधारणाअनुरूप सबै नागरिकका घरघरमा पानी व्यवस्थापनका लागि नीतिमा कुनै कमजोर नभएको र कार्यान्वयनमा मात्र कमी भएको स्पष्ट पार्दै मन्त्री खानले जनताको जीवनसँग जोडिएको खानेपानीको काम अगाडि बढाउन वर्तमान सरकार तीव्ररूपमा अगाडि बढ्ने स्पष्ट पारे । अब बन्ने खानेपानीका संरचना संरक्षणमा आम उपभोक्तालगायत सबै क्षेत्रको सहयोग अपरिहार्य भएको उनको भनाइ थियो ।

जलस्रोत ऐन, २०४९ परिमार्जनसहितको २०७९, ऐन जारी भई जल व्यवस्थापन र उपभोगमा स्पष्ट खाका बनी सकेको बताइएको छ । मन्त्री खानले रसुवा तथा नुवाकोट जिल्लाको सिमानामा अवस्थित उत्तरगया धाम बेत्रावतीको भ्रमण गरी त्यस क्षेत्रको विद्यमान खानेपानीका समस्याप्रति अभिरूचिपूर्वक जानकारी लिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : २२ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी