पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलियो अवस्थामा छ : राष्ट्रपति पुटिन « Khabarhub

पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलियो अवस्थामा छ : राष्ट्रपति पुटिन


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन् । उनले पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो बनेको उल्लेख गरेका छन् ।

“हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ, नागरिकको सुरक्षा गरेका छौँ, रोजगारी बचाएका छौँ, अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ,” राष्ट्रपति पुटिनले सङ्घीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा मङ्गलबार सो धारणा राखेका हुन्।

उनले भने, पछिल्लो तथ्याङ्कले रूसको जीडीपी सन् २०२२ मा २।१ प्रतिशतले घटेको छ । यद्यपि गत वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २०–२५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ ।

रुसको अन्तरराष्ट्रिय बस्तीमा रुबलको अंश सन् २०२१ डिसेम्बरको तुलनामा दोब्बर भएको छ । राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने बताए ।

“प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैँलाई सजाय दिइरहेका छन् । उनीहरूले आफ्नै देशहरूमा मुद्रास्फीति, रोजगारी गुमाएका छन् । उद्योगहरू बन्द भई ऊर्जा सङ्कट निम्त्याइ रहेका छन् । तर उनीहरूले आफ्ना सबै कमजोरीको कारण रुसलाई थोपर्ने गरेका छन्,” पुटिनको टिप्पणी छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ४२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण