पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा « Khabarhub

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तानसेन – पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताए । उनका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कूल एकासी वडा मध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण मानवीय नै रहेको छ ।

डढेलोका बारेमा प्रत्येक वर्ष चैत १ देखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् । यस वर्ष जनचेतना जगाउन राष्ट्रिय कलाकारसहित दोहोरी गीत कार्यक्रमदेखि अग्नि नियन्त्रणको प्रहसनसम्मका कार्यक्रम आयोजना गरिएको छ । सोमबार तानसेनमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा कलाकारद्वय चिज गुरुङ र अस्मिता डल्लाकोटीले वन डढेलो लाग्न नदिन जनचेतनामूलक दोहोरी गीत प्रस्तुत गरेका थिए ।

जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा ७१ स्थानमा वन ढडेलो लागेको थियो, यसमा एक जनाको ज्यान गएको थियो । वन अधिकृत अर्यालका अनुसार २०७८-७९ मा अधिक वर्षा हुँदासमेत पाँच स्थानमा वन ढडेलो लागेको थियो । यस वर्ष वन डढेलोका घटनामा वृद्धि हुने उहाँको प्रक्षेपण छ । जिल्लामा सात सय बढी सामुदायिक वन छन् । यिनै सामुदायिक वनमा अधिक डढेलो हुने गरेको छ । “मानवीय कारण नै वन डढेलोका घटना बढी हुने गरेका छन्”, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई भन्छन्, “जनचेतना जगाउनु नै यसको अन्तिम विकल्प हो ।”

जिल्लामा अग्नि नियन्त्रणका लागि उपकरण र जनशक्ति दुवै छैनन् । उहाँका अनुसार तानसेन नगरपालिकामा एउटा दमकल छ । अन्य नौ स्थानीय तहसँग दकमल छैनन् । जेट सुटर, फायर एक्जुगेटर र सुटको प्रयोगबाट मात्रै अग्नि नियन्त्रणको प्रयास हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायको परिचालनबाट अग्नि नियन्त्रण हुँदै आएको सुनाए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : ५९ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,