पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा | Khabarhub Khabarhub

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तानसेन – पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताए । उनका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कूल एकासी वडा मध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण मानवीय नै रहेको छ ।

डढेलोका बारेमा प्रत्येक वर्ष चैत १ देखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् । यस वर्ष जनचेतना जगाउन राष्ट्रिय कलाकारसहित दोहोरी गीत कार्यक्रमदेखि अग्नि नियन्त्रणको प्रहसनसम्मका कार्यक्रम आयोजना गरिएको छ । सोमबार तानसेनमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा कलाकारद्वय चिज गुरुङ र अस्मिता डल्लाकोटीले वन डढेलो लाग्न नदिन जनचेतनामूलक दोहोरी गीत प्रस्तुत गरेका थिए ।

जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा ७१ स्थानमा वन ढडेलो लागेको थियो, यसमा एक जनाको ज्यान गएको थियो । वन अधिकृत अर्यालका अनुसार २०७८-७९ मा अधिक वर्षा हुँदासमेत पाँच स्थानमा वन ढडेलो लागेको थियो । यस वर्ष वन डढेलोका घटनामा वृद्धि हुने उहाँको प्रक्षेपण छ । जिल्लामा सात सय बढी सामुदायिक वन छन् । यिनै सामुदायिक वनमा अधिक डढेलो हुने गरेको छ । “मानवीय कारण नै वन डढेलोका घटना बढी हुने गरेका छन्”, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई भन्छन्, “जनचेतना जगाउनु नै यसको अन्तिम विकल्प हो ।”

जिल्लामा अग्नि नियन्त्रणका लागि उपकरण र जनशक्ति दुवै छैनन् । उहाँका अनुसार तानसेन नगरपालिकामा एउटा दमकल छ । अन्य नौ स्थानीय तहसँग दकमल छैनन् । जेट सुटर, फायर एक्जुगेटर र सुटको प्रयोगबाट मात्रै अग्नि नियन्त्रणको प्रयास हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायको परिचालनबाट अग्नि नियन्त्रण हुँदै आएको सुनाए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : ५९ बजे

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको