पाथीभरा क्षेत्रमा सामान्य हिमपात « Khabarhub

पाथीभरा क्षेत्रमा सामान्य हिमपात


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो ।

सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य हिमपात हुने क्रम जारी छ । मन्दिर क्षेत्रमा दुई फिटको हाराहारीमा हिउँ जमेको छ ।”

तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए । सामान्य हिमपात भएकाले पूजापाठ गर्ने क्रम चलिरहेको छ । अहिले करिब एक हजार पाँच सय भक्तजनले पूजापाठ गरिरहेको समितिले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।

घुन्साका टाँसी छिरिङ शेर्पाका अनुसार करिब डेढ फिटसम्म हिउँ परेको छ । यस्तै ओलाङ्चुङगोलामा पनि हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । ओलाङ्चुङगोलाकै याङ्मामा भने दुई फिटसम्म हिउँ परेको जनाइएको छ । चार हजार दुई सय मिटर उचाइ रहेको याङ् जिल्लाकै उच्च बस्ती हो ।

यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे गाउँको उच्च भागमा पनि हिमपात भएको स्थानीयले बताएका छन् ।

ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक गत फागुन १५ गते हिमपात भएको थियो । गत वर्ष भने पुसको दोस्रो सातादेखि नै हिमपात हुन सुरु भएको थियो । यस वर्ष विगतका तुलनामा खासै हिमपात भएको छैन ।

यस वर्षको हिउँद मौसम बित्न लाग्दा हिमपात र वर्षा भएपछि किसान भने हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहतको महसुस गरेका हुन् । त्यस्तै नगदे बाली अलैँची, तरकारीलगायतका बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : २० बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,