‘मैसाब’ गीतको म्युजिक भिडियो सार्वजनिक   « Khabarhub

‘मैसाब’ गीतको म्युजिक भिडियो सार्वजनिक  


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित मोडल गणेश भट्ट अभिनीत मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द रहेको छ। गीतमा सुमन परियारले नै संगित भरेका छन्। शिवजी क्षत्री निर्देशित गीतको म्युजिक भिडियोमा भट्टलाई पछिल्लो समयकी चर्चित मोडल अस्तिता रनपालले साथ दिएकी छन्।

शिवजी डान्स सेन्टरका निर्देशकसमेत रहेका क्षत्रीले गीतको कथावस्तु नविन रहेको र यसमा आफूहरूले ठूलो मिहिनेत गरेको बताए। ‘हामी सांगीतिक क्षेत्रमा केही फरक र नविन गर्न चाहन्छौं। हामीले यसअघि पनि थुप्रै गीत निर्देशन गरिसकेका छौं। हाम्रा प्रस्तुतिहरूलाई दर्शकले औधी रुचाउँदै आउनु भएको छ। विगतमा झैँ यस गीतलाई पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने।

मोडल भट्टले यो आफ्नो अभिनय जीवनको नविन र विशिष्ट प्रयास भएको बताए। ‘मैले गीतका लागि अभिनयमा निकै मिहिनेत गरेको छु। यसअघि उत्कृष्ट अभिनय गरेवापत राष्ट्रकै ऐतिहासिक रारा म्युजिक अवार्डबाट राष्ट्रपतिको हातबाट सम्मानित हुने अवसर पाएको छु,’ उनले भने।

हेर्नुस् भिडियो 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ५४ बजे

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान