लुम्बिनी प्रदेश सरकारद्वारा क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा « Khabarhub

लुम्बिनी प्रदेश सरकारद्वारा क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल भएको जनाउँदै प्रदेशबाट प्रतिनिधित्व गर्ने छ खेलाडीलाई जनही रु एक लाखसहित पुरस्कृत गर्ने निर्णय छ ।

प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सहित खेलाडीलाई सम्मान गरिने बताए । नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

त्यस्तै यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच खेलाडीलाई पनि जनही रु ५० हजारसहित सम्मान गर्ने निर्णय भएको उनले बताए । हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापामगरलाई नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : ०८ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा