विपद् पूर्वतयारीमा जुट्न निर्देशन लुम्बिनीका मुख्यमन्त्री गिरीको निर्देशन « Khabarhub

विपद् पूर्वतयारीमा जुट्न निर्देशन लुम्बिनीका मुख्यमन्त्री गिरीको निर्देशन


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी थाल्न ढिलाइ गर्न नहुने बताए ।

उनले प्रदेशभित्र धेरै क्षेत्र विपद्को उच्च जोखिमयुक्त रहेको उल्लेख गर्दै विपदबाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्नतर्फ सरकार योजना बनाएर लाग्ने बताए । “लुम्बिनी प्रदेश विपद्को उच्च जोखिम रहेको क्षेत्रभित्र पर्दछ । यहाँ बाढीपहिरो, डुवान, आगलागीजस्ता विपद् हुने गरेका छन्”, मुख्यमन्त्री गिरीले भने, “विपद् जुनसुकै बेला पनि आउनसक्छ । त्यसैले यसको जोखिम रोकथाम गर्न सरकार योजना बनाएर लाग्छ । विपदबाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्ने दायित्व सरकारले बहन गर्छ ।”

विपद् व्यवस्थापनसम्बन्धी आवश्यक कानून निर्माण गर्न ढिलाइ गर्न नहुने भन्दै मुख्यमन्त्री गिरीले कानून निर्माणको कार्य थालनी गर्न पनि निर्देशन दिए । कार्यक्रममा आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश विपद् व्यवस्थापन परिषद् गठन गरेको बताए ।

प्रदेशभित्र हुने विपद्को जोखिम रोकथाम र न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण गरेको भन्दै मन्त्री आचार्यले यसैको जगमा विपद् जोखिम न्यूनीकरण गर्नतर्फ सरकार लागिपर्ने बताए । लुम्बिनी प्रदेशको विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना पारित भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयले तयार पारेको कार्ययोजना पारित गरेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ४ : ३१ बजे

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको