सांकेतिक तस्बिर

अपराध

नुवाकोटमा भरुवा बन्दुकसहित एक जना पक्राउ

By खबरहब

March 21, 2023

काठमाडौँ- नुवाकोटमा एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीले नुवाकोटको किस्पाङका एक जना पुरुषलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका २ गोकर्ण बस्ने ३८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् । उनलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।