नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका जोखिममा : युनिसेफ « Khabarhub

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका जोखिममा : युनिसेफ


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै त्यस मुलुकमा कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको हो ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा नाइजेरियामा पानीजन्य सङ्क्रमणको खतरा बढी देखिएको र ठूलो सङ्ख्याका नागरिक यसबाट सङ्क्रमित हुने खतरा रहेको पाइएको उल्लेख छ ।

बालकोषले शुद्ध र सफा पिउने पानी, सौचालय, सरसफाई र खानामा लगानी गर्नुपर्ने नाइजेरिया सरकारलाई सुझाव दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाई र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।

देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण नाइजेरियाका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : १० बजे

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर

ताप्लेजुङ पुगेर योगेश भट्टराईले गरे मतदान

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन्

सोबिताले गरिन् मतदान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा

निर्वाचनमा उत्साह : बिहान एक घण्टामा क-कसले गरे मतदान (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । बिहान ७