इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश « Khabarhub

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लबमाथि ४–१ को फराकिलो जित कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । त्रिभुवन आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पिजङ्ग कार्की, सुदिल राई र पदम मोक्ताङले गोल गरेका थिए ।

पराजित रोलिङ क्लबका लागि विदेशी खेलाडी डेडी वाम्बाले पेनाल्टीमार्फत खेलको ६४औँ मिनेटमा एक गोल फर्काए ।

खेलको सुरुआत चरणबाटै झापालाई दवाबमा राखेको आर्मीले तेस्रो मिनेटमा अग्रता बढायो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मी ४–१ गोल अन्तरको स्पष्ट जितसहित सेमीफाइनल प्रवेश गर्न सफल भएको हो ।

खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजङ्ग कार्की घोषित भए । उनले नगद रु १० हजार पाए ।

आजको अन्तिम क्वार्टरफाइनल खेलसँगै इटहरी गोल्डकपको क्वार्टरफाइनल समीकरण यात्रा पूरा भएको छ । भोलि बुधबारको पहिलो सेमिफाइनल खेल साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा तथा ए डिभिजन क्लब मछिन्द्रबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।

मछिन्द्रले कञ्चनजङ्ग फुटबल क्लब भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

शनिबार हुने फाइनल खेल विजेताले नगद रु १० लाख तथा उपविजेताले रु पाँच लाखका साथै ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : २५ बजे

प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य

काठमाडौंका ९ जना सभापतिले भने : विशेष महाधिवेशन अवैधानिक

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना