बच्चाका लागि मेनिन्जाइटिसको खोप अनिवार्य « Khabarhub

बच्चाका लागि मेनिन्जाइटिसको खोप अनिवार्य


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मानिसको टाउमा मस्तिष्क छोप्ने एक खालको पर्दा हुन्छ, जसलाई मेनेन्जेज भनिन्छ। यही मेनेन्जेजमा हुने सङ्क्रमणलाई मेनिन्जाइटिस् भनिन्छ। यो एक प्रकारको सङ्क्रमणबाट हुने गर्दछ। मेनिन्जाइटिस सामान्यतया चार प्रकारका हुन्छन्। तर त्यसमा पनि धेरै हुने भनेको ब्याक्टेरियाबाट हुने मेनिन्जाइटिस हो। अन्य भाइरल, केमिकल, फङस र प्यारासाइटिक कारणले पनि मेनिन्जाइटिस हुने गर्दछ। यी किटाणुहरू, वातावरण प्रदूषण, रगत, पिनास वा कानको सङ्क्रमणले मेनेन्जेजमा पुग्छन्। त्यसले गर्दा मेनिन्जाइटिस् हुन्छ। कहिले काही क्यान्सरका कारण पनि मेनिन्जाइटिस् हुनसक्ने चिकित्सकहरूले बताएका छन्। मेनिन्जाइटिस भनेको कस्तो रोग हो ? योबाट बच्न के गर्ने ? यसै विषयमा आधारित रहेर खबरहबका लागि बाल रोग विशेषज्ञ डा‍. संगीता शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

मेनिन्जाइटिस कस्तो रोग हो ?
मस्तिष्कमा हुने एक प्रकारको इन्फेक्सनलाई नै मेनिन्जाइटिस भन्ने गरिन्छ। यो एकदमै खतरनाक रोग मानिन्छ। यसले गर्दा धेरै ज्वरो आउने र पछि गएर त्यसले ब्रेनमासमेत असर गर्ने गर्दछ। मेनिन्जाइटिस एक पटक ब्रेन ड्यामेज गर्यो भने त्यसको उपचार गर्दा गर्दै पनि धेरै समस्या आउन सक्छन्। समयमा नै अस्पतालमा गयो भने उपचार सुरु हुन्छ। अस्पतालमा हामीले बिरामीमा मेनिन्जाइटिसको खोप लगाउनुहोस् भनेर सुझाव दिन्छौँ। यो रोगलाई साधारण भाषामा ‘ब्रेन फिभर’ पनि भन्ने गरिन्छ।

कस्तो व्यक्तिमा हुन्छ त मेनिन्जाइटिस ?
बालबालिकामा यो रोग धेरै देखिन्छ। यो ब्याक्टेरियल मेनिन्जाइटिस कमजोर र इम्युनिटी कम भएको बच्चालाई धेरै हुने रोग हो। यो इन्फेक्सनको कारणले नै हुने हुन्छ। कुनै कुनै बच्चालाई धेरै इन्फेक्सन देखा पर्दछ र यो समस्या देखिन्छ भने कुनै बच्चाले यसलाई सहजै पचाउँछन्। उनीहरूमा भने यो समस्या देखिँदैन। ठूला मान्छेमा जसको रोग प्रतिरोधात्मक शक्ति कम छ भने उनीहरूमा यो हुनसक्छ।

मेनिनजाइटिसको मुख्य लक्षण के हो त ?
सामान्यतया अचानक धेरै टाउको दुख्ने, एकदमै टाउको दुखेर बान्ता पनि धेरै हुने, रिंगाटा लाग्ने हुन्छ। कसैलाई एकदमै ज्वरो आउने, गर्धन दुख्ने, घाँटी दह्रो हुने हुन्छ। साथै समय बढ्दै जाँदा बिरामी बेहोस हुने, छारे रोग जस्तो लक्षण देखा पर्ने, प्यारालाइसिस् हुने, आँखा दुख्ने, कान नसुन्ने र अपाङ्ग हुने पनि हुनसक्छ।

मेनिन्जाइटिसको समयमा उपचार नगर्दा पछि कस्तो असर देखा पर्दछ ?
यो एक प्रकारको गम्भीर रोग हो। यसको समयमा उपचार गरिएन भने बच्चाको मृत्यु पनि हुनसक्छ। बाँची हाले पनि पछि गएर बच्चा सुस्त मनस्थितिको हुने खतरा हुन्छ। खुट्टा, हात नचल्ने, बोली नआउने र ठूलो मान्छेको प्यारालाइसिस जस्तो हुने हुन्छ। बहिरोपना हुने, बच्चाको तौल र हाइट दुवै नबढ्ने हुन्छ। जस्तो १० वर्षको बच्चा पनि दुई वर्षको जस्तो देखिने हुन्छ। लुगाफाटामा बच्चालाई पाँच हजारको खर्च गर्नुभन्दा बच्चालाई खोप लगाउनु राम्रो हो। बच्चाको स्वास्थ्यलाई महत्वपूर्ण ठान्नुपर्छ। त्यसले उसको भविष्य राम्रो हुन्छ।

मेनिन्जाइटिसको अस्पतालमा कसरी उपचार हुन्छ त ?
अस्पतालमा बिरामीको वान्ताबाट पानी निकालेर जाँच गरिन्छ। मेनिनजाइटिस भएपछि कफमा भएको पानीहरू ब्रेनमा गएर तल सर्कुलेट हुन्छ। त्यो पानीको जाँच गरिन्छ। त्यस जाँचबाट मेनेन्जाइटिस एन्फेक्सन देखपर्यो भने त्यो बच्चालाई कम्तीमा पनि २१ दिनसम्म यान्टिबायोटिक दिइन्छ।

यो एक पटक भएपछि दोहोरिने सम्भापना कत्तिको हुन्छ ?
कुनै मानिसमा एक पटक मेनिन्जाइटिस भयो भने त्यो दोहोरिने सम्भावना धेरै हदसम्म हुन्छ। या एक पटक मेनिन्जाइटिस भएको बच्चालाई पछि पनि दोहोरिन सक्छ।

मेनिन्जाइटिस भएपछि के कुरामा ध्यान दिने त ?
– बच्चामा इम्युनिटी पावर बढाउने खाना खुवाउने गर्नुपर्दछ। ठूलो मान्छेले पनि खानुपर्छ।
– मेनिन्जाइटिसको खोप बच्चालाई एक पटक जसरी भए पनि लगाउने। यो ९ महिनादेखि माथि सबैले लगाउन मिल्छ।
– रोग लाग्यो भनेर घरमा नबस्नु हुँदैन तुरुन्त अस्पतालमा गएर उपचार गराइहाल्नु पर्छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ११ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको