बारपाकमा टेलिकमको नेटवर्कमा समस्या « Khabarhub

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।

स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उनले भने, “फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ ।” स्थानीयवासीले सञ्चार सम्र्पकका लागि हैरानी खेप्नुपरेको छ ।

नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताएका छन् । समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उनले सुनाए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ३० बजे

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई