एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित « Khabarhub

एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए । उनले ६४ बलमा १०८ रन बनाए । त्यसैगरी, सोमपाल कामीले ६३ रन बनाए । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमन ४६ ओभर ३ बलमा २२६ रनमा समेटियो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ४८ बजे

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको