सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै | Khabarhub Khabarhub

सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खार्तुम- सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम धर्मावलम्बीको चाड इद उल फित्रका अवसरमा तीन दिने युद्धविरामका लागि दबाब दिइरहेका छन् ।

आरएसएफले मानवीय आधारमा ७२ घण्टाको युद्धविराममा सहमति जनाएको छ तर यस विषयमा सेनाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबाट भएको युद्धविरामको आह्वानसँगै सुडानमा अस्थायी युद्धविरामको आशा गरिएको छ । बेलायत, युरोपेली सङ्घ, रुस र चीनले पनि तत्काल हिंसा अन्त्यको आह्वान गरेका छन् ।

आज बिहानैदेखि युद्धविराम लागू गर्ने आरएसएफले बताएको छ तर राजधानी खार्तुममा गोलाबारी र विष्फोटनका आवाज भने बन्द भएका छैनन् । यसअघि दुई पटक गरिएको युद्धविरामको प्रयास सफल हुन सकेन ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बललाई सरकारी सेनामा समाहित गर्ने गत वर्ष बुहारन र डगालोबीचको सहमति कार्यान्वयन नहुँदा युद्ध चर्केको हो । सेनाप्रमुख बुहारनले आरएसएफसँगको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

राष्ट्रसङ्का अनुसार युद्धको विभिषिकाबाट बच्न करिब २० हजार सुडानी छिमेकी चाडतर्फ पलायन भएका छन् । यसरी आफ्नो थातथलो छाडेर भाग्नेमा महिला र बालबालिका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले द्वन्द्वरत दुवै पक्षलाई कम्तीमा आगामी आइतबारसम्म युद्धविराम गर्न आह्वान गरेका छन् । साथै उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको बुरहान समूहले आरोप लगाएको छ ।

यसैबीच, करिब एक साताअघि देशमा द्वन्द्व शुरु भएपछिको पहिलो भाषण्मा सेनाप्रमुख बुरहानले नागरिक नेतृत्वको सरकारका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो सेना विजयी हुने र त्यसले सुरक्षित रुपमा नागरिक शासन बहाली गराउने उनले वाचा पनि गरेका छन् ।

सुडानी सेनाले आजै एक विज्ञप्ति निकालेर सेनाप्रमुख वुरहानलाई टर्कीए, दक्षिण सुडान तथा इथियोपियाली नेताका साथै अमेरिकी र कतारी विदेशमन्त्रीले फोन गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ५ : २९ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले