एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी « Khabarhub

एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एशियाली विकास बैंक (एडीबी) ले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित विकास आयोजनाको प्रगति मूल्यांकन गर्न आयोजित दुई दिवसिय ‘कन्ट्री पोर्टफोलियो’ समीक्षा बैठकको उद्घाटनसत्रमा सो जानकारी दिइएको हो । अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा आजदेखि यहाँ शुरु भएको परियोजनाका क्षेत्र तथा कार्यसम्पादनसम्बन्धी बैठकमा नेपाल सरकारका सचिव, वरिष्ठ अधिकारी, आयोजना निर्देशक र एडीबीको नेपाल आवासीय नियोगका कर्मचारीको सहभागिता छ ।

‘हामी एशियाली विकास बैंकले वर्षौँदेखि नेपालको विकासमा गरेको सहयोगको प्रशंसा गर्छौँ । परियोजना कार्यान्वयन र वितरणसम्बन्धी चुनौतीको निरुपण गर्न र नेपाली जनताको विकासप्रतिको चाहनालाई सम्बोधन गर्न पूँजीगत खर्चमा सुधार गर्न सरकार प्रतिवद्ध छ’, महतले भने । बैंकका दक्षिण एसियाका लागि महानिर्देशक केनिची योकोयामाले सुधारिएको ‘पोर्टफोलियो’ले कार्यसम्पादनमा आधारित विकासका परिणाम समयमै वितरण गर्न र उच्च तथा दिगो सहुलियतपूर्ण स्रोत विनियोजनको लागि महत्वपूर्ण भएको बताए ।

अर्थ मन्त्रालयले परियोजना कार्यान्वयनमा विशेष ध्यान दिएको खण्डमा वार्षिक करिब ४६ अर्ब १० करोड (३५० मिलियन) देखि ५९ अर्ब २८ करोडसम्म भुक्तानी पाउन सक्ने उनले बताए । बैठकमा राजस्व सचिव रामप्रसाद घिमिरेले प्रभावकारीरुपमा आयोजना कार्यान्वयनमा ध्यान दिँदै समावेशीकरण, वातावरणीय तथा सामाजिक सुरक्षा अनुगमनसमेतमा केन्द्रित रहेको बताए ।

सो अवसरमा एडीबीको सहयोगमा सञ्चालित आयोजनालाई पुरस्कार प्रदान गरिएको थियो । ती आयोजनामा शहरी खानेपानी तथा सरसफाइ आयोजना, वाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तिय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायत थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ११ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख