वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका प्रथम « Khabarhub

वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका प्रथम


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ। मेलम्चीले आर्थिक वर्ष २०७८-७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो।

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखाङ्कन तथा प्रतिवेदनमा शत् प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गरेको जनाइएको छ। जिल्ला समन्वय समितिले मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो।

सो मूल्याङ्कनअनुसार जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अङ्क, जुगल गाउँपालिकाले ५० अङ्क, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अङ्क, हेलम्बु गाउँपालिकाले ४१ दशमलव पाँच अङ्क, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अङ्क, बलेफी गाउँपालिकाले ६० दशमलव पाँच अङ्क, बाह्रबिसे नगरपालिकाले ६४ अङ्क, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१ दशमलव पाँच अङ्क, लिसङ्खुपाखर गाउँपालिका ५४ दशमलव पाँच अङ्क र सुनकोशी गाउँपालिकाले ४२ दशमलव पाँच अङ्क प्राप्त गरेका छन्। मेलम्चीले आर्थिक वर्ष २०७७-७८ मा पनि ७१.५ अङ्क प्राप्त गर्दै पहिलो भएको थियो।

मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८६ प्रतिशत अङ्क दाबी गरेको छ। स्वमूल्याङ्कनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२ दशमलव ८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३ दशमलव ८२ परिणात्मक स्थितिमा ८४ दशमलव ४४ प्रतिशत अङ्क दाबी गरेको छ। अब सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिइन्।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा दुईवटै मूल्याङ्कनमा ९० प्रतिशतभन्दा माथि अङ्क आउने गरी काम गर्ने लक्ष्य लिइएको जनाए। नगरपालिकाको मूल्याङ्कनपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताए।

सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो। आव २०७८-७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा प्रथम भएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : ४० बजे

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता

लन्डन- रूसमा हालै भएका युक्रेनी ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य