वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका प्रथम | Khabarhub Khabarhub

वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका प्रथम


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ। मेलम्चीले आर्थिक वर्ष २०७८-७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो।

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखाङ्कन तथा प्रतिवेदनमा शत् प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गरेको जनाइएको छ। जिल्ला समन्वय समितिले मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो।

सो मूल्याङ्कनअनुसार जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अङ्क, जुगल गाउँपालिकाले ५० अङ्क, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अङ्क, हेलम्बु गाउँपालिकाले ४१ दशमलव पाँच अङ्क, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अङ्क, बलेफी गाउँपालिकाले ६० दशमलव पाँच अङ्क, बाह्रबिसे नगरपालिकाले ६४ अङ्क, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१ दशमलव पाँच अङ्क, लिसङ्खुपाखर गाउँपालिका ५४ दशमलव पाँच अङ्क र सुनकोशी गाउँपालिकाले ४२ दशमलव पाँच अङ्क प्राप्त गरेका छन्। मेलम्चीले आर्थिक वर्ष २०७७-७८ मा पनि ७१.५ अङ्क प्राप्त गर्दै पहिलो भएको थियो।

मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८६ प्रतिशत अङ्क दाबी गरेको छ। स्वमूल्याङ्कनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२ दशमलव ८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३ दशमलव ८२ परिणात्मक स्थितिमा ८४ दशमलव ४४ प्रतिशत अङ्क दाबी गरेको छ। अब सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिइन्।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा दुईवटै मूल्याङ्कनमा ९० प्रतिशतभन्दा माथि अङ्क आउने गरी काम गर्ने लक्ष्य लिइएको जनाए। नगरपालिकाको मूल्याङ्कनपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताए।

सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो। आव २०७८-७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा प्रथम भएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : ४० बजे

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३

कर्णाली सरकारले गर्‍यो तीन महत्वपूर्ण निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति