एमाले अध्यक्ष ओलीले आज नीति कार्यक्रमको प्रतिवाद गर्ने | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओलीले आज नीति कार्यक्रमको प्रतिवाद गर्ने


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

जेठ ४ गते गर्ने भनिएको उनको सम्बोधन प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम भएकाले रोकिएको थियो। तर ओलीले आफ्नो स्वास्थ्य अवस्थाका कारण भनेका थिए। त्यसबेला उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको प्रकरणबारे खुलासा गर्ने उद्घोष गरेका थिए।

आज भने उनी सरकारको नीति तथा कार्यक्रममा केन्द्रित हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

आज बिहान ११ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल कार्य कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ। शनिबार बसेको एमाले संसदीय दलको बैठकले निर्णय गरे अनुसार आज अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्ने तयारी गरेका छन्।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछन्।

नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त रहेको भन्दै ओलीले हिजै एमाले नेताहरुलाई विरोधमा बोल्न निर्देशन दिएका थिए। आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ।

छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ। त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ।

सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ९ : ३८ बजे

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर – कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ रोकिँदैन : ह्यारिस

एजेन्सी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली– कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा

नयाँदिल्ली– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने द्विपक्षीय भ्रमणका लागि