एमाले अध्यक्ष ओलीले आज नीति कार्यक्रमको प्रतिवाद गर्ने « Khabarhub

एमाले अध्यक्ष ओलीले आज नीति कार्यक्रमको प्रतिवाद गर्ने


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

जेठ ४ गते गर्ने भनिएको उनको सम्बोधन प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम भएकाले रोकिएको थियो। तर ओलीले आफ्नो स्वास्थ्य अवस्थाका कारण भनेका थिए। त्यसबेला उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको प्रकरणबारे खुलासा गर्ने उद्घोष गरेका थिए।

आज भने उनी सरकारको नीति तथा कार्यक्रममा केन्द्रित हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

आज बिहान ११ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल कार्य कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ। शनिबार बसेको एमाले संसदीय दलको बैठकले निर्णय गरे अनुसार आज अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्ने तयारी गरेका छन्।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछन्।

नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त रहेको भन्दै ओलीले हिजै एमाले नेताहरुलाई विरोधमा बोल्न निर्देशन दिएका थिए। आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ।

छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ। त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ।

सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ९ : ३८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल