‘विकसित नेपाल निर्माण गर्न बहुमत लिएर एमाले आउनेछ’ « Khabarhub

‘विकसित नेपाल निर्माण गर्न बहुमत लिएर एमाले आउनेछ’


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकसित नेपाल निर्माण गर्न एमाले बहुमतसहित सरकारमा आउने बताएका छन् । 

शुक्रबार संसद्‌मा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले बहुमतसहित विकसित नेपाल निर्माण गर्न नीति तथा कार्यक्रम लिएर एमाले फेरि सरकारमा आउने दाबी गरेका हुन् । 

सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्न सक्षम नरहेको भन्दै उनले आगामी एक वर्ष फेरि समय बर्बाद हुने टिप्पणी गरे । यसर्थ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित नगर्न सबै सदस्यहरूमा ओलीले आग्रह गरे । 

सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नहुने भन्दै उनले यसलाई फिर्ता लिएर देश र जनताको समस्या समाधान गर्न सक्नेगरी अर्को नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  २ : १९ बजे

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा