सेयर बजारमा झिनो अंकको वृद्धि « Khabarhub

सेयर बजारमा झिनो अंकको वृद्धि


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कारोबारको  पहिलो दिन सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आइतबार ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । आइतबार सेयरबजारमा डेढ अर्बको कारोबार हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैंकिङ, होटल तथा पर्यटन, लगानी, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ब्यापार उपसूचकमा हरियाली छाएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसूचक भने घट्न पुगेको छ ।

सर्वाधिक निर्जीवन बीमा उपसूचक आज २.८० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक ०.६२ प्रतिशतले घटेको छ । कारोबारको  पहिलो दिन नेप्से ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचक बढेसँगै आइतबार कारोबार रकम समेत बढेर एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड १४ लाख, रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख, तारागाउँ रिजेन्सी होटलको ४ करोड, नागरिक लगानी कोषको ३ करोड ७० लाख र नेपाल टेलिकमको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ४ : ४५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी