इच्छाकामनामा दादुराविरुद्धको खोप अभियान सुरु « Khabarhub

इच्छाकामनामा दादुराविरुद्धको खोप अभियान सुरु


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ । 

गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो । 

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । विशेष खोप अभियानमा दुई हजार दुई सय ७० बालबालिका सहभागी हुने उनले जानकारी दिए। उनका अनुसार १३ वटा केन्द्रबाट खोप दिन लागिएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ र ६ मा चैत महिनाको अन्तिम साता दादुरा रोग देखापरेको थियो । पूर्ण खोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए । दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

मिजल्ड भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रुप पनि लिन सक्ने उनले बताए । दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुन सक्ने कार्यालयले जनाएको छ ।

यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ । ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसको साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्ष्यण पनि देखिन सक्ने उनले बताए । 

रोगीको सम्पर्कमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ । सङ्क्रमित व्यक्तिलाई चार दिन अगाडिदेखि र डाबर देखापरेको चार दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : २८ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको