विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज जेठ ७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

मेक्सिकोमा गोली चल्दा १० जनाको मृत्यु, ९ घाइते

मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकामाथि सशस्त्र हमला गरेको छ ।

गैर व्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

बाजा क्यालिफोर्नियाको एन्सेनाडामा राजमार्गको छेउमा पार्किङ गरेका कार दौडका सहभागीहरूलाई गाडीबाट बाहिर निकालेर एक समूहले गोली प्रहार गरेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मिलेनियो अखबारले जनाएको छ । घटनाको सुरक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।

युक्रेन सङ्कट समाधानका लागि भारतले ‘सक्दो प्रयास’ गर्छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भने, “म तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौं त्यो गर्नेछौँ ।”

१५ महिनाअघि रूसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो । जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, “उहाँले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।”

जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्ति सूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गरे । युक्रेनलाई अत्याधुनिक लडाकू विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोशिमा पुगेका थिए ।

उनले जी–सेभेन साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरू सम्मेलनमा सहभागी हुन हिरोसिमा पुगेका छन् ।मोदीले रूसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिएका थिए ।

सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न राष्ट्रसङ्घको अपिल

सुडानमा जारी सुरक्षा अवस्थाका कारण इथियोपिया प्रवेश गर्ने मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए)ले थप रकमको लागि अपिल गरेको छ ।

युएनओसीएचएले शुक्रबार जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा सुडानबाट करिब ८५ हजार मानिस इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको र यस्तो अवस्थामा मानवीय आवश्यकता तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ ।

“हालको आवश्यकता र आगामी हप्ताहरूमा अपेक्षित आगमनको निरन्तर प्रवाह पूरा गर्न थप वित्तीय स्रोतहरू आवश्यक छन्,” विज्ञप्तिमा भनिएको छ ।

युएनओसीएचएको तथ्याङ्कअनुसार अप्रिल २१ देखि मे १६ को बीचमा इथियोपियाको उत्तरपश्चिमी अम्हारा क्षेत्रको मेटेमा सीमा नाकामा ६४ भन्दा बढी देशका २२ हजार ६०० भन्दा बढी मानिस जम्मा भइसकेका छन् ।

मेटेमाले अहिले सुडानमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सबैभन्दा ठूलो हिस्सा प्राप्त गरिरहेको छ । युएनओसीएचएका अनुसार सुडानको राजधानी खार्तूम शहरबाट आउने विदेशीको सङ्ख्या कुल आगमनको ७६ प्रतिशत हो । तीमध्ये करिब १८ प्रतिशत ओमदुरमान शहरका रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० ले सुडानमा जारी सङ्कट र हिंसाबाट प्रभावित जनतालाई मानवीय सहायता प्रदान गर्न २० करोड ९० लाख अमेरिकी डलरको अपिल गर्दै बुधबार एक प्रतिकार्य योजना सार्वजनिक गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले सुडानको बिग्रँदो अवस्थाले छिमेकी देशहरूमा पनि नाटकीय प्रभाव पारिरहेको बताएको छ । सुडानको राजधानी खार्तूम र अन्य क्षेत्रमा गत अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेजबीच हिंसात्मक सशस्त्र झडप भएको छ ।

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य :  अमेरिकी राष्ट्रपति बाइडन 

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।

जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनबाट वासिङ्टन फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा खर्च कटौतीको रिपब्लिकनको पछिल्लो माग ‘स्पष्ट रूपमा अस्वीकार्य’ रहेको बताएका हुन् ।

उनले भने, ‘अब अर्को पक्षले आफ्नो चरम स्थितिबाट हट्ने समय आएको छ ।’

बाइडेनले आइतबार वासिङ्टन फर्कने क्रममा रिपब्लिकन पार्टीका नेता तथा प्रतिनिधिसभाका सभामुख केभिन म्याक्कार्थीसँग प्रत्यक्ष कुराकानी गर्ने बताएका छन् ।

तर उनले सार्वजनिक ऋणको वैधतामाथि प्रश्न नउठ्ने अस्पष्ट संवैधानिक धारा लागू गर्ने नाटकीय प्रयासको खोजी गरिरहेको पनि बताएका छन् ।

राष्ट्रपति बाइडेनले रिपब्लिकनका बारेमा भने, ‘म यो विश्वास गर्दिन कि उनीहरूले अपमानजनक काम गरेर ऋण तिर्ने कानुनी मार्गलाई अवरोध गरी देशलाई आर्थिक सङ्कटतर्फ धकेलिन बाध्य पार्ने छैनन् । म चौधौँ संशोधनलाई हेरिरहेको छु ।’

उनले भने, ‘मलाई लाग्छ हामीसँग अधिकार छ । यो समयमा उक्त अधिकारको प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्नेमा विवाद हो । यसका लागि आह्वान गर्न सकिन्छ ।’

बाइडेनले जापानबाट पपुवा न्युगिनी र अष्ट्रेलिया जाने योजना बनाउनु भएको थियो तर जारी कर्जा वार्ताका कारण एसिया भ्रमणलाई अन्तिम समय रद्द गरी यात्रा छोट्याएका छन् ।

अमेरिकी कोष तथा लेखा नियन्त्रण (ट्रेजरी डिपार्टमेन्ट) का अनुसार यदि रिपब्लिकनहरूको नियन्त्रण रहेको काङ्ग्रेसले थप ऋण लिन अनुमति दिएमा सरकारले जुन १ सम्ममा ३१ ट्रिलियन अमेरिकी डलरको ऋण तिर्न सक्नेछ ।

अमेरिकाकाे रङ्गशालामा भागदौड हुँदा १२ जनाको मृत्यु

मध्य अमेरिकाकाे रङ्गशालामा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ ।

मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त घटना भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्‍याइएको छ ।

प्रहरीले सार्वजनिक  गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै  एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।

अफगानिस्तानमा हेलिकप्टर दुर्घटना

अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ ।

महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । यद्यपि टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले भने अहिलेसम्म यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

काबुल- अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ ।

महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । यद्यपि टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले भने अहिलेसम्म यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ८ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै