रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य : राष्ट्रपति बाइडन  « Khabarhub

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य : राष्ट्रपति बाइडन 


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।

जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनबाट वासिङ्टन फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा खर्च कटौतीको रिपब्लिकनको पछिल्लो माग ‘स्पष्ट रूपमा अस्वीकार्य’ रहेको बताएका हुन् ।

उनले भने, ‘अब अर्को पक्षले आफ्नो चरम स्थितिबाट हट्ने समय आएको छ ।’

बाइडेनले आइतबार वासिङ्टन फर्कने क्रममा रिपब्लिकन पार्टीका नेता तथा प्रतिनिधिसभाका सभामुख केभिन म्याक्कार्थीसँग प्रत्यक्ष कुराकानी गर्ने बताएका छन् ।

तर उनले सार्वजनिक ऋणको वैधतामाथि प्रश्न नउठ्ने अस्पष्ट संवैधानिक धारा लागू गर्ने नाटकीय प्रयासको खोजी गरिरहेको पनि बताएका छन् ।

राष्ट्रपति बाइडेनले रिपब्लिकनका बारेमा भने, ‘म यो विश्वास गर्दिन कि उनीहरूले अपमानजनक काम गरेर ऋण तिर्ने कानुनी मार्गलाई अवरोध गरी देशलाई आर्थिक सङ्कटतर्फ धकेलिन बाध्य पार्ने छैनन् । म चौधौँ संशोधनलाई हेरिरहेको छु ।’

उनले भने, ‘मलाई लाग्छ हामीसँग अधिकार छ । यो समयमा उक्त अधिकारको प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्नेमा विवाद हो । यसका लागि आह्वान गर्न सकिन्छ ।’

बाइडेनले जापानबाट पपुवा न्युगिनी र अष्ट्रेलिया जाने योजना बनाउनु भएको थियो तर जारी कर्जा वार्ताका कारण एसिया भ्रमणलाई अन्तिम समय रद्द गरी यात्रा छोट्याएका छन् ।

अमेरिकी कोष तथा लेखा नियन्त्रण (ट्रेजरी डिपार्टमेन्ट) का अनुसार यदि रिपब्लिकनहरूको नियन्त्रण रहेको काङ्ग्रेसले थप ऋण लिन अनुमति दिएमा सरकारले जुन १ सम्ममा ३१ ट्रिलियन अमेरिकी डलरको ऋण तिर्न सक्नेछ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ७ : ४४ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा