रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी | Khabarhub Khabarhub

रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ । जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो ।

गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन् । पहिलोपटक वडा नं १ मा पुगेका दुईवटा ट्र्याक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई फूलमालाले स्वागत गरेका छन् भने नाचगान गरेर खुसियाली साटेका थिए ।

आठबिसकोट–१ का वडाअध्यक्ष देवबहादुर घर्तीका अनुसार चट्टानी क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भिर फुटाउन नसक्दा वडा नं १ र २ का नागरिक सडक सञ्जालमा जोडिन सकेका थिएनन् । वडामा सवारी साधन पुगेसँगै आवतजावतमा सहज भएको छ ।

वडाध्यक्ष घर्तीले पालिकाको सबैभन्दा विकट भएको वडा सडक सञ्जालमा जोड्न सफल भएको बताए । यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्रीसहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ८ : ३५ बजे

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक

सिरहामा यसवर्षको रोपाइँ अन्तिम चरणमा

सिरहा– लामो समयको खडेरीपछि सिरहामा रोपाइँ अन्तिम चरणमा पुगेको छ