बारामा मिटरब्याजका तीन हजार निवेदन « Khabarhub

बारामा मिटरब्याजका तीन हजार निवेदन


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बारा – जिल्ला प्रशासन कार्यालय बारामा अहिलेसम्म दुई हजार नौ सय २६ जनाले अनुचित लेनदेन (मिटरब्याजीको निवेदन) दर्ता भएका छन् ।

कोल्हवी नगरपालिका–९ बेलवाकी रञ्जिता चौधरी, पचरौता नगरपालिका–९ कुडवाकी जया चौधरी, आदर्श कोतवाल गाउँपालिका–६ की निर्माला कुसवाहा, कलैया उपमहानगरपालिका–३ का गेनालाल ठाकुर, श्यामबाबु सहनीलगायतका व्यक्तिले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले मिटरब्याजी विरोध अध्यादेशमार्फत कानून बनाई ठगी गर्ने साहुहरूलाई कारबाही गर्ने निर्णयबमोजिम पीडितहरूले न्यायका लागि प्रशासनमा निवेदन दर्ता गराएका राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका जिल्ला संयोजक श्रीचन्द्र चौधरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गते मिटरब्याजी पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख १७ गतेदेखि निवेदन आउन सुरु भएको जिल्ला प्रशासन कार्यालय मिटरब्याज पीडित सहायता कक्षका प्रमुख सुब्बा सनोज महतोले जानकारी दिए।

अधिकांश पीडितहरूले स्वयं आफैँ निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने काम गरेका थिए भने साझा जागरण अभियान कोल्हवीका पदाअिधकारीहरूको सहयोगमा ५५ जना पीडितले निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा आएको अभियानका संयोजक प्रकाश चौधरीले बताए ।

त्यसैगरी, जिल्लाभरिमा प्रचारप्रसार गरी महाअभियानको पहलमा करिब एक हजार दुई सय निवेदन जिल्ला प्रशासन कार्यालयमा पीडितहरूले निवेदन दर्ता गराएको महाअभियानका बारा संयोजक चौधरीले भने । गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको महाअभियानका संयोजक चौधरीले जानकारी दिए ।

पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले जेठ १४ गतेसम्म निवेदन लिने गरी समय बढाइएको मिटरब्याज पीडित सहायताकक्षका प्रमुख सुब्बा महतोले जानकारी दिए ।

समयसीमा सकिसकेपछि निवेदनमाथि जाँचबुझ गरी आयोगको निर्देशनअनुसार आयोगलाई सिफारिस गर्ने प्रजिअ नवराज सापकोटाले जानकारी दिए ।

अदालतमा विचाराधीन रहेको मुद्दा, फैसला भइसकेको मुद्दामा आयोगले अहिलेसम्म नबोलेको हुँदा त्यसको हकमा पनि आयोगकै निर्णय कुर्नुपर्ने बताउँदै पीडित र पीडकलाई पहिलो चरणमा वार्ताको प्रयासको थालनी पनि हुन सक्ने प्रजिअ सापकोटाले उल्लेख गरे ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १० : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै