विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन आग्रह « Khabarhub

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन आग्रह


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङले विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहत कार्यमा ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । 

खोज र उद्धारका कार्यसँगै निरन्तर समन्वयमा रहनसमेत उनको अनुरोध छ । मङ्गलबार बसेको बैठकले पूर्ण क्षति भएको प्रति घरपरिवारलाई छ बन्डल कर्कटपाता उपलब्ध गराइदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

बाढीपहिरोमा परी मृत्यु भएका आफन्त तथा नजिकको हकदारलाई र आंशिक तथा पूर्णरूपमा घर क्षति भएकालाई मापदण्डबमोजिम राहत उपलब्ध गराउनसमेत उक्त मन्त्रालयलाई अनुरोध गरिएको छ ।

यस्तै विस्थापित परिवारलाई तत्काल रेडक्रसबाट गैर खाद्य सामग्री उपलब्ध गराउने, अन्नपातसहितको क्षति भएका परिवारको गुजाराका लागि स्थानीय तहले सहयोग गर्ने, घाइते भएकालाई स्थानीय अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने, उपचारका लागि आर्थिक सहायता आवश्यक परे प्रदेश सरकारसँग माग गर्नेसमेत निर्णय भएको छ ।

समितिको निर्णयानुसार हरेक पालिकाले विस्थापित परिवारको तथ्याङ्क यकिन गरी तीन दिनभित्रै जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्ने भएको छ । 

मेची राजमार्गस्थित पाँचथरको हेवाखोला बाढीले बगाई यातायात सेवा अवरुद्ध भएकाले अत्यावश्यक सामान ढुवानी गर्न परे तुइन (घिर्लिङ) को व्यवस्थापन गर्न प्रदेश सरकारसँग अनुरोध गर्नेसमेत निर्णय भएको छ ।

यसैबीच विभिन्न व्यक्ति, सङ्घसस्थाबाट राहत सङ्कलन र वितरणको कार्य सन्तुलित, पारदर्शी नहुने हुँदा विपद् व्यवस्थापन समितिको स्वीकृतिमा एकद्धार प्रणालीबाट सङ्कलन गरी स्थानीय तहले वितरणको व्यवस्था गर्ने निर्णय भएको छ । 

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँलाई त्रिपाल, कम्बल, भाँडाकुडा र अत्यावश्यक औषधि माग गर्ने निर्णय गरिएको छ । ताप्लेजुङमा बाढीपहिरोमा परी तीन जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता छन् ।

समितिका अनुसार जिल्लामा सरकारी कार्यालय, निजी घरसहित ४३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । मनसुन अझै सक्रिय रहेकाले नदी किनार तथा जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्