अमेरिकी राष्ट्रपति बाइडेनका छोरा लागूऔषध प्रयोगकर्ता भएको पुष्टि | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा लागूऔषध प्रयोगकर्ता भएको पुष्टि


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।

राष्ट्रपति बाइडेनका छोराले लागूऔषध प्रयोगकर्ता तथा अवैध बन्दुकसमेत राखेको स्वीकार गरेपछि यो खुलासा भएको हो ।

संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागेपछि  उनले एक सरकारी कार्यालयसमक्ष पुगेर सो स्वीकार गरेका हुन् ।

आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निवेदनमा राष्ट्रपतिका छोरा हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्वीकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन् ।

उनको निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ । यदी, त्यो अनुमोदन नभएमा हन्टरमाथी कानुनी कारबाही हुनेछ ।

यता, अमेरिकी राष्ट्रपति बाइडेनले छोरा हन्टरलाई उनी माथि लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाइट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ । 

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ११ : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’