सिमरौनगढलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग | Khabarhub Khabarhub

सिमरौनगढलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले सिमरौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बारामा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक नगरी सिमरौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरेका हुन् ।

एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्त्विक महत्त्वको सम्पदा फेलापरेका भन्दै  उनले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका हुन् । 

‘विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्ने क्रममा विभिन्न स्थानहरूमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर, एक हजार वर्षभन्दा पुराना पुरातात्त्विक सम्पदाहरू फेला परिराखेको छ ।

तसर्थ, म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र विश्वसम्पदा सूचीमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु,’ बैठकमा उनले भने ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’