मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै उपप्राध्यापक चलाउने सर्वोच्चमा « Khabarhub

मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै उपप्राध्यापक चलाउने सर्वोच्चमा


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत पुगेका छन् ।

सरकारको यो निर्णय अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

 तर उनको रिट दर्ता भने भइसकेको छैन । समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।

उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाई समितिका तत्कालीन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : ५९ बजे

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा

सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै

राष्ट्रपतिकै सामुन्‍ने संसद् बङ्क, संवैधानिक आयोगमा हस्तक्षेप, राजदूतको अपमान, अब कसरी अघि बढ्लान् ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को विवादित कार्यशैली रोकिने भन्दा अझै