काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय प्रमुख शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अर्यालले राजीनामा दिएकी हुन् ।
काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो । तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालको आरोप छ ।
उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।
प्रतिक्रिया