विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङको  विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५  मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय बसन्त बस्नेत र भोजपुर रामप्रसादराई गाउँपालिका-४ बस्ने २५ वर्षीय प्रजा कुमार राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-९ बस्ने १६-१६ वर्षीय २ जना किशोर रहेका छन् ।  प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

बर्दियाकै गुलरिया नगरपालिका-११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्रामसहित मधुवन नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय अनमोल शाह र सोही उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले से.७ प १४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  

रुपन्देही, सियारी गाउँपालिका-४ धमसार बस्ने ५३ वर्षीय सुभाष मल्लाहलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७९ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

महोत्तरीको बर्दिबास नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १५ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १२ ग्रामसहित सिन्धुली, सिन्धुली नगरपालिका-४ मिलन चोक बस्ने २० वर्षीय सुमन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरीले गौशालाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २ -०२-००१ ह ०९४६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा टेम्पोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको धुनिवेशी नगरपालिका-९ खत्रीपौवा खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित त्रिपुरासुन्दरी गाउँपालिका-६ बस्ने पुरान बहादुरसमेत दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खत्रीपौवा र इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०२०-१२ प ९८१३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  २ : ३५ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा