ललितपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो « Khabarhub

ललितपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोदावरी– ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस मनाइएको हो । 

संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सन् २०१५ देखि सुरु भएको यो दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसवर्ष ‘मानवताका लागि योग’ मूल नाराका साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको छ । 

जिल्ला प्रशासन ललितपुरका प्रमुख रुद्र पण्डितले व्यक्तिका लागि सबैभन्दा ठूलो सम्पत्ति स्वस्थ शरीर भएको भन्दै हरेक दिन कम्तीमा एक घण्टा योगा गर्न आग्रह गरे। ‘योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि योगलाई नियमित अभ्यासमा लग्नु जरुरी छ । हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमि रहेकाले नेपाललाई योगको उद्यगमस्थल बताउनुभयो’, उनले भने।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक ईश्वरी ढकालले जावलाखेलको खेल मैदानमा योग तथा योगासम्बन्धी अभ्यास र छलफल गरी दिवस मनाइएको जानकारी दिइन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ३ : ५० बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको