प्रतिनिधिसभा बैठक : बाढीपहिरोका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : बाढीपहिरोका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराइन्। उनले बाढीमा परेर बेपत्ता भएकाहरूको चाँडो खोजी  गर्न सरकारलाई आग्रह पनि गरिन् । 

सांसद ईश्वरीदेवी न्यौपानेले भनिन्, ‘अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै थाहा हुन्छ, नागरिकताविहीन नागरिकको रोदन मिश्रित एसएमएसले हाम्रो मोबाइल भरिएको छ, छोरीछोरी नेपाली भएर पनि बैंकमा खाता खोल्नै पाउँदैनन्, उच्च शिक्षाका लागि विदेश जान सक्दैनन्, कलेज टप भए पनि नागरिकताको प्रमाणपत्र नहुँदा छात्रवृत्ति पाउँदैनन् ।’

सांसद उर्मिला माझीले लमजुङ जिल्लामा दर्जनभन्दा बढी होइड्रोपावर भए पनि दिनमा सयौँ पटक लाइन जाने आउने समस्याका कारण त्यहाँका जनता मर्कामा पर्ने गरेको बताइन् । सांसद एकनाथ ढकालले गोरखा जिल्लामा समग्र पर्यटनको विकासका निम्ति सरकारलाई आग्रह गरे । सांसद कालुराम राईले अपांगता भएका व्यक्तिको सामाजिक न्यायलाई सुनिश्चित गर्न माग गरे । सांसद गणेश पराजुलीले तराई र पहाडका जिल्लामा बाढी, पहिरो र डुबान भइरहेकाले  विपत् व्यवस्थापनका लागि  पूर्वतयारीमा सक्रिय हुन सरकारलाई  आग्रह गरे । 

सांसद गीता बस्नेतले यस पटकको बजेटमा अन्य सवारी साधन छुटको विषय आए पनि किसानको उत्पादित वस्तुको ढुवानीको सवालमा कुनै छुटको कुरा आउन नसकेकामा  गुनासो गरिन्। सांसद गोमालाभ सापकोटाले देशैभरि भएको यौन शोषण, महिला हिंसाका घटनालाई सरकारले न्यूनीकरण गर्नुपर्ने धारणा व्यक्त गरे ।

सांसद चन्द्रबहादुर विश्वकर्माले सिरहा, बैतडीलगायत जिल्लामा दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतका घटना हुने गरेको बताए ।

सांसद कुसुमदेवी थापा,  छिरिङ लामा तामाङ, ज्वालाकुमारी साह, छिरिङ डम्डुल लामा (भोटे), किरणकुमार शाह, ऐनबहादुर शाही ठकुरी, जुलीकुमारी महतो, गङ्गा कार्की र चन्दा कार्कीले पनि मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  २ : ५८ बजे

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाबुराम भट्टराईको विशेष प्रशंसा

रास्वपालाई वर्षमानको सुझाव : जनमत सधैँ अस्थायी हुन्छ, बहुमतको बलमा अहंकार नगर्नू

चितवन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

दमौली– तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक