राहदानी वितरण कार्यलाई सहज बनाउने प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री « Khabarhub

राहदानी वितरण कार्यलाई सहज बनाउने प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले समयमा नै राहदानी छपाई प्रक्रिया अघि बढाएर सहज रुपमा राहदानी वितरण गर्ने प्रयास भइरहेको जानकारी दिएका हुन् । उनले मासिक औसत १ लाख २० हजार राहदानी वितरण भइरहेको र अहिले चार महिनाका लागि पुग्ने राहदानी मौज्दात रहेको बताए । 

५० लाख राहदानी छाप्नका लागि टेन्डर भएपनि सरकार आफैले छाप्ने भनेर २० लाख मात्रै छापिएको अवस्थामा सुरक्षण मुद्रण प्रेसको विवादका कारण राहदानी छाप्ने कार्य रोकिएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्ड कार्यविधि भित्र रहेर सुरक्षित रुपमा छाप्नुपर्ने भएकाले छपाई प्रक्रियामा केही समय लाग्ने मन्त्री साउदको भनाइ छ । त्यस्तै मन्त्री साउदले अर्थ मन्त्रालयबाट ओएनएम सर्वेका लागि सहमति लिएको भएपनि कर्मचारी संख्या नबढ्ने गरी सर्वे गर्नु भनेपछि समस्या भएको जिकिर गरे ।

बैठकमा समिति सदस्यहरूले राहदानी वितरणमा हुनेगरेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राहदानीको छपाईको प्रक्रियामा समयको ध्यान दिन सुझाव दिए । ठेक्का पट्टामा मूल्यवृद्धि गर्ने काम हुने भएकाले समयमा नै छपाइ गरे मूल्य कम हुन सक्नेतर्फ ध्यान दिन उनले आग्रह गरे । उनले राहदानी वितरणमा बिचौलियाको प्रभावलाई अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले राहदानीका बारेमा आवश्यक जानकारी जनतालाई दिनुपर्ने बताए । ५० लाख राहदानी छाप्नका लागि टेन्डर हुँदा पनि २० लाख छापिँदा राहदानीको अभाव हुने अवस्था पैदा भएको भन्दै उनले सरकारका तर्फबाट बेलैमा उचित व्यवस्था गर्नुपर्ने धारणा राखे । 

बैठकमा अन्य समिति सदस्यहरूले छपाई र वितरण प्रक्रियालाई पारदर्शी गर्दै नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ०० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट