कामपाद्वारा चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण « Khabarhub

कामपाद्वारा चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ ।

सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको महानगरप्रमुख बालेन्द्र शाहले बताए ।

उनका अनुसार एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनको समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा उक्त सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको हो ।  

घोषणापत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै प्रमुख शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र  त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  

निर्वाचनको बेला भएको घोषणाअनुसारै शारीरिक तन्दुरुस्ती, सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कको निर्माणको काम उल्लेख्यरूपमा भएको पनि उनले बताएका छन् । त्यस्तै एक वर्षकै अवधिमा २५ वटा नयाँ पार्क निर्माण भएको बताइएको छ । 

सहरको सुरक्षा र पैदलयात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ ।  त्यस्तै ४२ किलोमिटर सडक कालोपत्र, सात किलोमिटर नयाँ ढल निर्माण, एक हजार पाँच सय मिटर फुटपाथ निर्माण भएको पनि प्रमुख शाहले जानकारी गराए।  

सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत पैदलयात्रीको सहजताका लागि सडक किनारामा राखिने फुटपाथ पसल हटाएर यात्रुलाई आवागमन गर्न सहज र सरल बनाइएको छ । जसका कारण बानेश्वर, बसपार्कलगायतका स्थानमा आवतजावतमा निकै सहज भएको बताइएको छ ।  

त्यसैगरी यसै शैक्षिक सत्रदेखि कामपामा रहेका सबै सामुदायिक विद्यालयमा पहिलोपटक बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन भइरहेको छ भने माध्यमिक तह कक्षा ९ देखि १२ सम्म शिक्षामा सिम कार्यक्रम लागू भइसकेको छ । कामपामा रहेका ५९ वटा माध्यमिक विद्यालयमध्ये ५६ वटामा यो कार्यक्रम लागू भइसकेको छ ।  

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : ५७ बजे

सदनलाई टेर्दैनन् प्रधानमन्त्री, सभामुखकै भूमिकामाथि गम्भीर प्रश्न

काठमाडौं- वैशाख २८ गतेदेखि सुरु भएको बजेट अधिवेशनमा प्रधानमन्त्री वालेन्द्र

शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी

अध्यक्षबाट हट्नु भन्ने नेताहरूलाई ओलीको प्रश्न : बाहिरका कुरा सुनेर बोलेको कि मनभित्रैबाट भनेको ?

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा

प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन

दमौली– शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह