एसियाली पूर्वाधार लगानी बैंकमा चिनियाँ कम्युनिष्ट पार्टीको वर्चश्व र बिग्रँदो क्यानाडा-चीन सम्बन्ध « Khabarhub

एसियाली पूर्वाधार लगानी बैंकमा चिनियाँ कम्युनिष्ट पार्टीको वर्चश्व र बिग्रँदो क्यानाडा-चीन सम्बन्ध


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय चीन र क्यानाडाबीचको सम्बन्ध चिसिँदै गएको छ । एसियाली पूर्वाधार लगानी बैंकको विषयलाई लिएर क्यानाडा र चीनबीचको सम्बन्धमा खटपट उत्पन्न भएको हो । चीनको नेतृत्वमा स्थापित यस बैंकमा सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यको वर्चश्व रहेको बताइन्छ ।

केही समयअघि चीन र क्यानाडा एक मुलुकले अर्को मुलुकमा रहेका कूटनीतिज्ञलाई देश निकाला गरिदिएका थिए । क्यानाडाले चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई देश निकाला गरिदिएको थियो भने चीनले पनि क्यानाडाकी कूटनीतिज्ञ जेनिफर लिन लालोन्डलाई देश निकाला गरिदिएको थियो ।

हालै क्यानाडाले आफ्ना सरकारी निकायहरुलाई एसियाली पूर्वाधार लगानी बैंकसँग कारोबार नगर्न निर्देशन दिएको छ । त्यसअघि उक्त बैंकमा विश्वव्यापी सञ्चार निर्देशकको रुपमा कार्यरत क्यानाडाका नागरिक बब पिकर्डले राजीनामा दिएका थिए । बैंकमा कम्युनिष्ट पार्टीका सदस्यहरुको वर्चश्व रहेको भन्दै उनले राजीनामा दिएपछि दुई मुलुकबीच पुनः कूटनीतिक तनाव उत्पन्न हुने अपेक्षा गरिएको थियो ।

त्यससँगै क्यानाडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले जुन १४ मा मुलुकका सरकारी निकाय एवम् विभागहरुलाई बैंकसँग कारोबार नगर्न निर्देशन दिएकी थिइन् ।

यता बैंकले भने आफ्नो संगठनमा कम्युनिष्ट पार्टीका सदस्यहरुको वर्चश्व रहेको भन्ने आरोपलाई निराशाजनक र आधारहीनको संज्ञा दिएको छ । बैंकले आफूहरु बहुपक्षीय संस्था रहेको र संस्थामा विविधतापूर्ण अन्तर्राष्ट्रिय टिम रहेको जनाएको छ ।

द गार्जियन अखबारका अनुसार क्यानाडाको विपक्षी कन्जरभेटिभ पार्टीले लामो समयदेखि यस बैंकबाट क्यानाडा बाहिरिनुपर्ने माग राख्दै आएको छ ।

यसअघि डिसेम्बर २०१८ मा क्यानाडाले चिनियाँ प्रविधि कम्पनीकी प्रमुख वित्तीय अधिकारी मेङ वानझोउलाई गिरफ्तार गरेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो ।

यसको बदलामा चीनले पनि आफ्नो मुलुकमा रहेका क्यानाडाका दुई जना नागरिकलाई पक्राउ गरेको थियो । पछि सन् २०२१ मा मेङ वानझोउलाई क्यानाडाले रिहा गरेपछि चीनले पनि क्यानाडाका नागरिकलाई रिहा गरेको थियो ।

गत मार्च महिनामा चीनमाथि क्यानाडाको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लागेको थियो । विपक्षी कन्जरभेटिभ पार्टीले विरोध जनाएपछि सरकारले यसबारे छानबिन गर्न निर्देशन दिएको थियो ।

क्यानाडामा चीनले अवैध प्रहरी चौकी स्थापना गरेको खबर आएपछि दुई मुलुकबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । क्यानाडामा करिब १८ लाख चिनियाँ मूलका मानिसहरुको बसोबास रहेको बताइन्छ ।

गत मे १४ मा क्यानाडाका जनसुरक्षामन्त्री मार्को मेन्डिचिनोले एक टेलिभिजन अन्तरवार्ताका क्रममा मुलुकमा अपेक्षा गरेभन्दा धेरै अवैध चिनियाँ प्रहरी चौकी रहेको हुनसक्ने बताएका थिए । लस एन्जल्स टाइम्सका अनुसार यी संदिग्ध प्रहरी चौकीहरु क्यानाडाको कबेक क्षेत्रस्थित मोन्ट्रियाल र ब्रोस्सार्डमा अवस्थित छन् ।

चिनियाँ विदेश मन्त्रालयले यस्ता प्रहरी चौकी सञ्चालनमा रहेको आरोपबारे एकै नासको जवाफ दिने गरेको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार यस्ता ‘सेवा केन्द्र’ हरु विदेशमा रहेका चिनियाँ नागरिकलाई प्रशासनिक सेवा दिन स्थापना गरेका हुन् । यद्यपि चीनमाथि बारम्बार यथार्थलाई लुकाउने गरेको आरोप लाग्ने गरेको छ ।

एसियाली पूर्वाधार लगानी बैंकमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको बर्चश्व रहेको भन्ने आरोप गलत नहुन सक्छ । तर जे भएपनि पछिल्लो विकसित घटनाक्रमले चीन र क्यानाडाबीचको सम्बन्ध अझ बिग्रिँदै गएको देखिन्छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ४७ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली